तामाकोशी दुर्घटना अपडेट : ९ जनाको शव निकालियो, १० जना बढीको उद्दार

तामाकोशी दुर्घटना अपडेट : ९ जनाको शव निकालियो, १० जना बढीको उद्दार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ ।

काठमाण्डुबाट ओखलढुङ्गातर्फ जांदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो ।

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म ९ जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ ।

१० जना भन्दा बढीलाई उद्दार गरि उपचारका लागि अस्पताल पठाइएको छ । तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।