तामाकोशी तेस्रो जलविद्युतमा ५० कराेड डलर चिनियाँ लगानी

तामाकोशी तेस्रो जलविद्युतमा ५० कराेड डलर चिनियाँ लगानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— दोलखा र रामेछाप भएर बग्ने तामाकोशी नदीमा बन्ने तामाकोशी तेस्रो जलविद्युत् परियोजनामा ५० करोड डलर लगानी हुने भएको छ। यो परियोजना निर्माणका लागि दुई चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग मिलेर संयुक्तरूपमा निर्माण गर्ने भएका हुन्।

उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री वर्षमान पुन र युनान प्रान्तका भाइस गभर्नर झांग गुहुवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । चीनको वाईईआईजी इन्टरनेशनल, सांघाई इन्भेष्टिगेसन, डिजाइन एण्ड रिसर्च इन्ष्टिच्युट कम्पनी लिमिटेड र नेपालको टीबीआई होल्डिंग्सबीच उक्त सम्झौता आदानप्रदान भएको हो।

मन्त्री पुनले दुई देशबीचको ऊर्जा क्षेत्रमा सहकार्यको प्रतीकका रुपमा परियोजनालाई लिएको बताए। भाइस गभर्नर झांगले पनि नेपालसँगको सहकार्यले परिणाममुखी नतिजा दिने बताए।  २०२० को सुरुतिरै निर्माण सुरु हुने यो परियोजना आगामी साढे ३ वर्षभित्र पूरा हुनेछ।