काठमाण्डु- महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विभाजन हुने भएको छ । ठाकुरका विश्वासपात्र रहेका नेता वृषेचन्द्र लालले लोसपा छोडेर तराई मधेस लोकतान्त्रिक पार्टी ब्युंत्याउने भएका छन् । लालाई संविधानसभा सदस्य रहेका नेता विजय सिंहले समेत साथ दिएका छन् ।
नयां पार्टीलाई ब्युंताउने बारेमा लालले जिल्ला तहका नेताहरुसंग सम्पर्क अघि बढाएको उनि निकट स्रोत बताउंछ । उनले तराईका विभिन्न जिल्लाका नेताहरुसंग कुराकानी भइरहेको बताए ।
उनिहरुले ठाकुर नेतृत्वको पार्टी लोकतान्त्रिक ढंगले चल्न नसकेको र निजि कम्पनीजस्तो भएको भन्दै अलग हुने निष्कर्शमा पुगेको बताएका छन् ।लोससाभित्र अध्यक्ष यादवसंग अरु नेताहरु समेत सन्तुष्ट छैनन । नेतृत्व चयनको विषयलाई नेताहरुबीच बिबाद छ । लोसपामा अध्यक्ष ठाकुर र शरदसिंह भण्डारी एकातिर र राजेन्द्र महतो र अनिल झा अर्कोतिर छन् । जसका कारण केन्द्रीय कार्यकारिणी समितिको बैठक समेत बस्न सकेको छैन ।
लालको नेतृत्वमा तमलोपा दर्ता भएर उनिहरुले निर्वाचन आयोगबाट प्रमाणपत्र समेत लिइसकेका छन् । लालले चांडै जिल्ला भेला आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।




प्रतिक्रिया