काठमाण्डु- ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ परेका छन् । प्रहरीले माल्टा लगायतका देशमा पठाइदिने भन्दै ६०० बढीबाट रकम उठाएर ठगी गर्ने तामाङलाई ललितपुर लेलेबाट पक्राउ गरेको हो ।
नुवाकोट घर भएका तामाङले युरोपियन मुलुक पटाउँछु भनेर ६९ करोड ठगिगरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए । उनले ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया