काठमाडौं – वैदेशिक रोजगार कसूर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–२६ रानीवारी बस्ने ३७ वर्षीय अजय तामाङलाई प्रहरीले शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
तामाङले आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई आफूले पठाउँछु भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी गरेका थिए ।
वैदेशिक रोजगार कसूरको ३ वटा मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर २४ गतेको फैसलाले ३ वटै मुद्दामा गरी जम्मा ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ ।




प्रतिक्रिया