तमु विद्यार्थीको राष्ट्रिय महाधिवेशन सञ्चारमन्त्री गुरुङद्वारा उद्घाटन

तमु विद्यार्थीको राष्ट्रिय महाधिवेशन सञ्चारमन्त्री गुरुङद्वारा उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – सञ्चार प्रविधि तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको दमौलीमा आजदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् ।

३ दिनसम्म सञ्चालन हुने महाधिवेशनको मन्त्री गुरुङले उद्घाटन गरेका छन् । महाधिवेशन उद्घाटन समारोह अगाडि दमौलीमा जातीय वेषभूषासहित सांस्कृतिक झाँकी निकालिएको थियो ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा ५०० प्रतिनिधिसहित १ हजार ५०० जनाको सहभागिता छ ।

तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले विक्रम संवत् २०५२ माघ २६ गते स्थापना भएको राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले बताए । यसअघि विक्रम संवत् २०७९ सालमा धींको सम्मेलन काठमाण्डुमा भएको थियो ।

संयोजक तमुले भने, ‘सम्पूर्ण विद्यार्थी संगठनसँग पारस्परिक सहयोग, सद्भाव र मैत्रीपूर्ण साझेदारी कायम राख्नु, जातीय स्वशासन, राजनीतिक, शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक पहुँच एवं न्यायिक समतामूलक समाज निर्माणमा सहकार्य गर्नु, तमु जातिको मुक्ति, तमुवान प्रदेश प्राप्ति गर्न तमु विद्यार्थीबीच भावनात्मक एकता, पारस्परिक सहयोग स्थापना गर्ने संस्थाको प्रमुख उद्देश्य हो ।’