काठमाडौं – ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । उनि प्रजातान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार थिए । वामपन्थी समूहका उम्मेदवार अन्जान थापालाई सुवेदीले ३ मतले पछि पार्दै अध्यक्षमा विजयी भए । सुवेदीले ५२१ मत पाए भने थापाले ४३ मत पाएका थिए ।
महासचिवमा भने वामपन्थी समूहबाट उम्मेदवार वनेकी सरिता लामा विजयी भएकी छन् । उनी निकटम प्रतिद्वन्द्वी कर्मा शेर्पालाई १३ मतले पराजित गर्दै महासचिवमा विजयी भईन ।
वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा विजयी भएका छन् । उनिहरु सवै सुवेदी समूहबाट उम्मेदवार वनेका थिए । सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन्। सदस्यमा ङिमादिकी शेर्पा निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ, सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।




प्रतिक्रिया