काठमाण्डु– सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ ।
मृतक साहको शव सडकमा राखेर स्थानीयले प्रदर्शन गर्दा पूर्व पश्चिम सडक खण्डमा प्रदर्शन गरेका हुन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय साहको मृत्यु भएको थियो ।
स्थानीयले घटनाको उच्च स्तरीय छानबिन हुनु पर्ने माग राखेका छन् ।
आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा गरिरहेका छन् । यस्तै उनीहरुले प्रहरीको विटमा समेत आगजनी गरेका छन् ।




प्रतिक्रिया