तनहुँमा बोलेरो जीप र यात्रुबाहक बस एकापसमा ठोक्कियो, जीप चालकको मृत्यु – KathmanduPati
समाचार

तनहुँमा बोलेरो जीप र यात्रुबाहक बस एकापसमा ठोक्कियो, जीप चालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

dish home

मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा घाइते भएका थारूको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।

तीव्रगतिमा आएका दुई सवारी घुम्तीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केरा बोकेर आउँदै गरेको जिप बसको ठक्करबाट पूर्णरूपमा क्षति भएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top