तनहुँको बन्दीपुरमा पहिरोले घर बगायो, दुई जनाको मृत्यु

तनहुँको बन्दीपुरमा पहिरोले घर बगायो, दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकामा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नम्बर ३, पामुङ्गमा आज बिहान गएको पहिरोमा परि स्थानीय ३५ वर्षकी सरस्वती थापा र ७५ वर्षकी हरिमाया बसेलको ज्यान गएको हो । पहिरोले दुई वटा घर बगाएको छ ।

पहिरोमा परेका ५ जनाको सकुशल उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । उनका अनुसार अहिले पनि पहिरो झर्ने क्रम जारी छ ।

अहिले उक्त स्थानमा तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरेर उद्धार, स्थानान्तरण तथा राहत व्यवस्थापनलगायतका कार्य भइरहेको छ ।

पालिका भएर बग्ने सबै नदी र खेलामा पानीको वहाब बढेको थापाले बताए ।