माओवादी केन्द्रले मन्त्री आङ्बुहाङलाई सांसदबाट हटायो

माओवादी केन्द्रले मन्त्री आङ्बुहाङलाई सांसदबाट हटायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रले टंक आङ्बुहाङलाई सांसदबाट हटाएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बुहाङलाई माओवादी केन्द्रले सांसद पदबाट हटाएको हो ।

उनलाई सांसदबाट हटाएको जानकारी आजै प्रदेश सभालाई जानकारी गराउने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।

प्रदेश– १ संसदीय दलको नेतासमेत रहेका आङ्बुहाङ एमालेमा प्रवेश गरेका थिए । आङ्बुहाङ पार्टीभित्र सम्मान नपाएको भन्दै संसदीय दलको नेता तथा सांसद पद नै बाजी लगाएर एमालेमा गएका थिए ।