गृहमन्त्रीका पीएसओ कार्कीमाथि छानविन सुरु

गृहमन्त्रीका पीएसओ कार्कीमाथि छानविन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टंक कार्कीमाथि प्रहरीले छानबिन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै सई टंक कार्कीमाथि छानबिन तथा अनुसन्धान भइरहेको जानकारी दिएको हो ।

प्रहरी प्रवक्ता टेक प्रसाद राईले छानबिन तथा अनुसन्धान पश्चात् निज दोषी देखिए कानुन बमोजिम कारबाही हुने जानकारी दिए । सई कार्कीमाथि प्रहरी वृत गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायव’ बनाएको आरोप छ ।