ताप्लेजुङ घटनाका दुई घाइतेलाई काठमाण्डु ल्याइँदै

ताप्लेजुङ घटनाका दुई घाइतेलाई काठमाण्डु ल्याइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ताप्लेजुङको पाथीभरामा जिपमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाण्डु ल्याइँदै छ ।

ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्यलाई उपचारका लागि काठमाण्डु ल्याउन लागिएको हो ।

प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो ।
प्रहरीका अनुसार सबिना र उनका छोरा खतराभन्दा बाहिर छन् ।

ताप्लेजुङको सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।