ताप्लेजुङ – ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३५ मिनेट जाँदा ५.४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्प गएको ठाउँ नेपाल र चीनको सीमा क्षेत्रमा पर्ने राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाण्डुले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ सदरमुकाम फुङलिङ्मा समेत महसुस गरिएको छ ।
भूकम्प गएपछि स्थानीयबासी डराउँदै घर बाहिर निस्किएका थिए । भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ ।




प्रतिक्रिया