ताप्लेजुङमा १३ वर्ष अघि र पछिका दुईवटा हेलिकोप्टर दुर्घटनाः जसले लग्यो दुई मन्त्रीको ज्यान

ताप्लेजुङमा १३ वर्ष अघि र पछिका दुईवटा हेलिकोप्टर दुर्घटनाः जसले लग्यो दुई मन्त्रीको ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपालीहरू शोकमा डुबेका छन्। ताप्लेजुङको मयम, तारेभिरमा मा भएको हेलिकोप्टर दुर्घटनामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गयो।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट बुधबार बिहान ८ बजे गएको थियो । तर, उनीहरु काठमाडौं फर्कन पाएनन् सधैंका लागि विदा भए।

आजभन्दा १३ वर्ष अघि मात्रै ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा बहालवाला मन्त्रीको मृत्यु भएको थियो। ताप्लेजुङको घुन्सामा २०६३ साल असोज गते श्री एयरलाईन्सको हेलिकप्टर दुर्घटना भएको थियो । जसमा तत्कालीन वन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राई, प्रख्यात विद्वान डा. हर्क गुरुङसहित २४ जनाको निधन भएको थियो।

सो दुर्घटनामा राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो। त्यसबेला विश्व वन्यजन्तु कोषको चार्टर्ड हेलिकप्टर दुर्घटनामा परेको थियो।