उज्यालो नेपाल पार्टी फुट्यो, सांसद जोशीसहित १८ जना रास्वपासँगको एकता प्रक्रियामै रहने

उज्यालो नेपाल पार्टी फुट्यो, सांसद जोशीसहित १८ जना रास्वपासँगको एकता प्रक्रियामै रहने


काठमाण्डु – पूर्वऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुने तयारी गरे पनि उनीनिकट उज्यालो नेपाल पार्टीका १८ जना नेताहरू एकता प्रक्रियामै रहने भएका छन् ।

उज्यालो नेपालका केन्द्रीय सदस्य, एकता वार्ता समितिका संयोजक तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीसहित १८ जनाले रास्वपासँगको एकता प्रक्रिया टुंगोमा पुर्‍याउने निधो गरेका छन् ।

स्रोतका अनुसार निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय समितिमध्येका १८ जना रास्वपाकै एकता प्रक्रियामा रहने र केन्द्रीय समिति बाहिरका थुप्रै समर्थक समेत एकतामा सहभागी हुने तयारीमा छन् ।

यसरी कुलमान घिसिङले छुट्टै अगाडि बढ्न खोज्दा उज्यालो नेपाल पार्टी विभाजनको अवस्थामा पुगेको छ ।