तारा एयरको विमान दुर्घटना : थप १२ जनाको शव काठमाण्डु ल्याइयो

तारा एयरको विमान दुर्घटना : थप १२ जनाको शव काठमाण्डु ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुस्ताङको थासाङ गाउँपालिका- २ कोवाङमा जम्मा गरिएको १२ जनाको शव साेमबार काठमाण्डु ल्याइएको छ । तारा ऐयरको विमान दुघर्टनामा मृत्यु भएका १२ जनाको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डु ल्याइएकाे हाे ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटनामा परेको थियो ।विमानमा चालक दलको रूपमा क्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल, एयर होस्टेजमा किस्मी थापा रहेका थिए ।

त्यस्तै, यात्रुमा इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।