तारा एयरको विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण

तारा एयरको विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । शव हस्तान्तरण गर्न अघि त्रिवि शिक्षण अस्पतालमा २२ जनाकै शवको पोस्टमार्टम गरिएको थियो ।

आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ यात्रुको ज्यान गएको थियो।

सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।