तारा एयरको विमान लार्जुङको खोचमा दुर्घटना अवस्थामा भेटियो

तारा एयरको विमान लार्जुङको खोचमा दुर्घटना अवस्थामा भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । थासाङ गाउँपालिकाको लार्जुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा संञ्चालक संघ जनाएको छ । संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको बताएका छन् ।

पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो । जहाजमा चालक दलका सदस्य प्रभाकर घिमिरेले बिहान ९ बजेर ५५ मिनेटमा जहाज उडाएका थिए ।