अर्थमन्त्रीको सम्पत्ती जफत गर्न माग गर्दै अख्तियारमा उजुरी दर्ता गर्ने तयारी

अर्थमन्त्रीको सम्पत्ती जफत गर्न माग गर्दै अख्तियारमा उजुरी दर्ता गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अभियन्ता तारा बरालको समूहले ९ जना अर्थमन्त्रीको सम्पत्ती जफत गर्नुपर्ने माग गरेको छ । मुलुकको ढुकटी रित्तिँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग रमिते बनेको भन्दै बराल नेतृत्वको समूहले आज दिउँसो अख्तियारमा उजुरी दर्ता गर्ने भएको हो ।

नौ जना अर्थमन्त्रीको जीवनशैली र सम्पत्तिको छानबिन गर्न माग गर्दै आफुहरु आज आयोग जान लागेको अभियान्ता बरालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । उनले हालका अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्रीहरुको सम्पत्ति जफत गरेर कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

‘आज अख्तियार जाऔं, देशको भण्डार रित्तिँदा पनि अख्तियार र जनता रमिते बन्न मिल्दैन । संघीय गणतन्त्रको छोटो अवधिमा देशको ढुकुटी रित्तिएर बीसौं खर्ब ऋण भइसकेको र नौ जना अर्थमन्त्रीहरुको जीवनशैली र सम्पत्ति आम्दानीको तुलनामा सयौं गुणा बढी पाइएकाले यिनिहरुको सम्पत्ति जफत गरि राष्ट्र बैंकमा जम्मा गरि दण्ड सजाय समेत गरियोस्,’ बरालले भनेकी छन ।

आज मध्यान्ह १२ बजे अख्तियारमा उजुरी दर्तापछि दिउँसो ३ बजे वीर अस्पतालमा पत्रकार गरेर सबै कुराको भण्डाफोर गर्ने बरालले जनाएकी छन् ।