काठमाण्डु- नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरमा वर्षेनी बाढी र डुवानको समस्याबाट जनताहरु मारमा पर्ने गरेको बताएका छन् । सोमबार बसेकाे प्रतिनिधिसभा बैकको शुन्य समयमा बोल्दै सांसद लामाले वर्षेनी बाढी र डुवानको समस्याबाट कञ्चनपुरका जनता मारमा परेपनि सरकारले चासो नदेखाएको भन्दै गुनासो गरेका हुन् ।
त्यस्तै उनले ०६५ सालमा दोदा नदिमा आएको बाढीबाट ठुलो धनजनको क्षती भएकोसमेत संसदमा स्मरण गराए । साथै सांसद लामाले उक्त बाढीबाट विस्थापित जंगलको किनारमा बसेको राना पहाडी बस्तीलाई अहिलेसम्म व्यवस्थित गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । यसबारे पटक-पटक आफूले आवाज उठाएपनि सरकारले नसुनेको उनको भनाइ छ ।
‘कञ्चनपुरमा २०६५ सालमा दोदा नदिमा ठुलो बाढी यो , ठुलो धनजनको क्षती भयो । तत्कालिन राष्ट्रपति रामवरण यादव ज्युले निरिक्षण पनि गर्नुभयो । अहिलेसम्म बाढीबाट विस्थापित जंगलको किनारमा बसेको राना पहाडी बस्तीलाई व्यवस्थित गर्न सकेको छैन । यसका लागि बारमबार आवाज उठाइयो । तर, सरकारले सुन्दैन । लालझाँडी, बेलौरी, पुर्नवासका केही वडाहरु पुरै डुवानमा पर्छन् । यसको संक्षरणतर्फ सरकारको ध्यान जाहोस । साथै कञ्चनपुरका आरक्ष पीडितहरु अहिले पनि काठमाण्डुमा भौँतारिरहेका छन् । सरकारले चासो दिएको छैन । यसतर्फ सरकारको छिटो ध्यान जाओस भन्न चाहान्छु ।’, उनले भने ।




प्रतिक्रिया