कंचनपुर – कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । तामाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
मगर पुर्व खानेपानीमन्त्री समेत हुन् । विजयी भएका तामाङ सुदुरपश्चिम प्रदेशको छोटो समय अर्थमन्त्री बनेका थिए । बिहीबार राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत पाए भने मगरले १९ हजार ३४६ मत पाईन ।
यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बिना मगर ३८ हजार ४७६ मत ल्याएर निर्वाचित भएकी थिइन् । उनका प्रतिस्पर्धी देवान विष्टले भने १९ हजार २९१ मत ल्याएका थिए ।




प्रतिक्रिया