तराईवासी जनता र सेनाबीचको सम्बन्ध अझ मजबुत: मुख्यमन्त्री रावत

तराईवासी जनता र सेनाबीचको सम्बन्ध अझ मजबुत: मुख्यमन्त्री रावत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं – बारा जिल्लास्थित नेपाली सेनाको २८ नं. बाहिनी अड्डाको हाताभित्र निर्माण गर्न लागिएको उद्यान (युनिफेकेसन मेमोरियल पार्क) मुख्यमन्त्री लालबाबु रावतले शिल्यान्यास गरेका छन् ।

बारा जिल्लाको जितपुरस्थित सिमरा उपमहानगरपालिकास्थित नेपाली सेनाको २८ नं. बाहिनी अड्डाको हाताभित्र निर्माण गर्न लागिएको उद्यान युनिफेकेसन मेमोरियल पार्क मुख्यमन्त्री लालबाबु रावतले शिल्यान्यास गरेका हुन् ।

शिलान्यास समारोहमा मन्तव्य राख्दै मुख्यमन्त्री लालबाबु राउतले नेपाली सेनाको यस प्रकारको कार्यले तराईवासी नेपाली जनता र नेपाली सेनाबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै हिमाल, पहाड र तराईको ऐतिहासिक चिनारी दिने एउटै थलोको रुपमा निर्माण गर्न लागिएको समेत बताए ।

एकिकरण स्मृति उद्यान प्रदेश नं।द्द मा अवस्थित राष्ट्रिय गौरवको आयोजनामा पर्ने र यसको निर्माणमा नेपाली सेनाले लिएको पहलता प्रति कृतज्ञता व्यक्त गदै धन्यवाद समेत दिएका थिए । उक्त समारोहमा मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी ताराध्वज पाण्डेले स्वागत मन्तव्य राखेका थिए, भने मध्य पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी सुरेश कुमार कार्कीले धन्यवाद ज्ञापन गरेका थिए । साथै २८ नं. बाहिनी अड्डाका बाहिनीपति अनुपजंग थापाले उक्त परियोजना सम्बन्धी जानकारी गराएका थिए ।

नेपाल-अंग्रेज युद्धको दौरान अंग्रेज फौज विरुद्ध मधेशवासी नेपालीहरुले देखाएको बहादुरी तथा नेपाल एकिकरण अभियानमा पुर्‍याएको योगदान र तत्कालीन अवस्थाका ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धन गरी तराई, मधेश, पहाड र हिमालविचको अनोन्यास्रित ऐतिहासिक सम्बन्ध तथा सबै नेपाली विचको राष्ट्रिय एकतालाइ उजागर गर्ने उदेश्यले एकिकरण स्मृति उद्यानको परिकल्पना गरिएकाे हाे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको “कमाण्ड मार्ग निर्देशन(२०७५) को लक्ष्य नं६ मा उल्लेखित नेपाल र नेपाली सेनाको इतिहास प्रवर्द्धनलाइ टेवा पुर्‍याउन तथा नागरिक सैनिक सम्बन्धलार्इ थप प्रगाढ बनाउँदै लैजाने उदेश्य अनुरुप २८ नं. बाहिनी अड्डाको हातामा रहेको तीन विगाह जग्गामा एकिकरण स्मृति उद्यान निर्माण गर्न लागिएको हो ।

उक्त स्मृति उद्यानमा हिमाल, पहाड र तराईका विभिन्न कला र संस्कृती झल्किने ऐतिहासिक प्रर्दशनी हल सहितको मुख्य छ वटा भौतिक संरचनाहरु निर्माण गर्न लागिएको छ । २२ करोड कुल लागत रहेको उक्त परियोजना आर्थिक वर्ष ०७७-७८ मसान्तभित्र निर्माण सम्पन्‍न गरि जितपुर सिमरा उपमहानगरपालिकाको स्वामित्व र रेखदेखमा संचालन गर्ने योजना रहेको छ ।

नेपाली सेनाको यस प्रकारको कार्यक्रमद्वारा ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धन तथा संभार हुनुको साथै तराई, मधेश, पहाड र हिमालबीचको अनोन्यास्रित ऐतिहासिक सम्बन्ध एवम् आम नेपाली बीचमा राष्ट्रिय एकता कायम भई नागरिक सैनिक सम्बन्धमा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।