बिहीबारकाे माैसम पूर्वानुमान : तराईमा बाक्लो हुस्सु र कुहिरो

बिहीबारकाे माैसम पूर्वानुमान : तराईमा बाक्लो हुस्सु र कुहिरो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही भूभागमा आंशिक बदली भए पनि अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेकाे छैन ।  बिहान तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ भने बाँकी भागमा मौसम सामान्यतय सफा रहेकाे छ ।

बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।