आजको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो, शितलहरको सम्भावना कस्तो?

आजको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो, शितलहरको सम्भावना कस्तो?


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

यस्तै प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। यसबाहेक देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आइतबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भूभागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।