काठमाण्डु– बंगलादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउदैं छ । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
प्रधानमन्त्रीमा पूर्वप्रधानमन्त्री खालिजा जियाका छोरा तारिक चयन हुनेछन् ।
प्रधानमन्त्रीका रूपमा अध्यक्ष रहमानले आज शपथ लिने छन् । बीबीसीका अनुसार प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ ।
बंगलादेशमा आर्ज संसद सदस्यहरूको शपथ ग्रहण समारोह पनि आयोजना हुँदैछ । मुख्य निर्वाचन आयुक्तले मंगलवार बिहान १० बजे संसद् भवनको साउथ प्लाजामा नव निर्वाचित संसद सदस्यलाई शपथ गराउँदै छन् ।
शेख हसिनाको दल अवामी लिगलाई चुनाव लड्न नदिएपछि रहमानको दलले एकछत्र जित निकालेको हो । बंगलादेशका मूलधारका दल हसिनाको अवामी लिग र रहमानको बीएनपी हो । बीएनपी धार्मिक मुद्दामा झुकाव राख्छ भने अवामी लिग धर्मीनिरपेक्ष दल हो ।
बंगलादेशमा हुने शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने छन् ।
३ सय सदस्यीय संसदमा बीएनपी गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि दक्षिण एशियाली राजनीति तथा भारत–बंगलादेश सम्बन्धमा नयाँ समीकरण बन्ने आंकलन गरिएको छ ।




प्रतिक्रिया