गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै तरुण दलको प्रदर्शन, चर्काे नाराबाजी


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै राजधानीमा प्रदर्शन गरेको छ ।

कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा तरुण दल आन्दोलित भएको छ ।

गत बुधबार कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो ।

घटनाको विरोधमा तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको छ । तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको छ ।

तरुण कार्यकर्ताले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नारा लगाएका छन् । तरुण दलका नेता–कार्यकर्ताले रत्नपार्कमा भेला भएर विरोध र्‍याली निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement