राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउन तरुण दलको माग

राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउन तरुण दलको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक संसद्मा फिर्ता पठाएको भन्दै तरुण दलले राजीनामा माग गरेको हो ।

साेमबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखेको आरोप लगाएका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,”राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकता विहिन नागरिकहरुलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठीत हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरु फेरी अन्धकारको भुमरीमा धकेलिएका छन ।

राष्ट्रको गम्भीर र जनताको जीवनसंग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सिमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनि राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूत समेत गर्न सार्वभौम संसद र नेपाल सरकार संग नेपाल तरुण दल केन्द्रीय समिति जोड्दार आग्रह गर्दछ ।”