तातोपानी भन्सार कार्यालय क्षेत्रमा पहिरो खस्यो, सशस्त्रको बीओपीमा क्षति

तातोपानी भन्सार कार्यालय क्षेत्रमा पहिरो खस्यो, सशस्त्रको बीओपीमा क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ मा रहेको तातोपानी भन्सार कार्यालय क्षेत्रमा पहिरो खसेको छ ।

पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा भौतिक क्षति भएको छ।

गएराति बीओपीको उत्तर(पश्चिम तर्फ रहेको करिब २००(३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो ।

उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको सशस्त्र प्रहरीले जनाएको छ ।

पहिरोले पहिलो लाइन ब्यारेकको झ्यालको एउटा सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा र जस्ताको छानोमा प्वाल परेका छन्।

यस्तै दुईवटा ड्यूटी पोष्टमध्ये एउटा पूर्ण रूपमा क्षति भएको छ भने अर्कोमा आंशिक क्षति पुगेको छ।

राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने कार्यालयको मुख्य प्रवेशद्वार अगाडिको सिँढीमा क्षति पुगेको सशस्त्रले जनाएको छ।