तातोपानी नाका आजवाट बैशाख २ सम्म बन्द रहने

तातोपानी नाका आजवाट बैशाख २ सम्म बन्द रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । पूर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको हाे ।

नेपालस्थित चिनियाँदूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने भएको हो ।

‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिदैँ भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।