स्थायी लेखा नम्बरसहितका करका सेवाहरू अब पालिकाबाटै दिइने (सूचनासहित)

स्थायी लेखा नम्बरसहितका करका सेवाहरू अब पालिकाबाटै दिइने (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले स्थायी लेखा नम्बर (प्यान)सहितका करका सेवाहरू पालिकाबाटै पाउने व्यवस्था गरेको छ ।

अब सेवाग्राहीले आफू बस्ने नगरपालिका वा गाउँपालिकामा गएर प्यान लिन सक्छन् ।

पालिकाले प्यान वितरण सेवा शुरू नगरेको अवस्थामा भने जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्यान बनाउन सकिनेछ ।

आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको भए पनि अरु वैकल्पिक व्यवस्था नभएसम्मको लागि अहिलेकै करदता सेवा कार्यालयबाट नै सेवा सञ्चालन हुने जनाएको छ ।

सेवा प्रवाहलाई करदातासम्म नजिक पु¥याउन र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवालाई विकेन्द्रीकरण गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार अब स्थायी लेखा नम्बर प्रमाणपत्र लगायतका सेवा सम्बन्धित पालिकाबाट प्रदान गरिने व्यवस्था मिलाइएको छ । कर भुक्तानी, करचुक्ता प्रमाणपत्र लगायतका सेवा भने अनलाइन प्रणालीमार्फत उपलब्ध हुने विभागको भनाइ छ ।