उत्कृष्ट करदाता सम्मानित, व्यक्तिगत तर्फ राजबहादुर शाह उत्कृष्ट करदाता

उत्कृष्ट करदाता सम्मानित, व्यक्तिगत तर्फ राजबहादुर शाह उत्कृष्ट करदाता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय कर दिवस २०८२ अवसरमा सरकारले उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गरेको छ।

२०५४ मंसिर १ गते मूल्यअभिवृद्धि कर लागू भएको दिनको सम्झनामा हरेक वर्ष सरकारले मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।

आन्तरिक राजस्व विभागले विभिन्न कार्यक्रम आयोजना गरेर १४औँ राष्ट्रिय कर दिवस मनाएको हो। यस दिन विभागले सबैभन्दा धेरै कर तिर्ने करदातालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ।

अर्थमन्त्री रामेश्वर खनालले सोमबार उनीहरूलाई सम्मान गरेका हुन्।

सम्मानित हुनेहरूमध्ये व्यक्तिगत आयकरतर्फ यसपटक पनि राजबहादुर शाह छन् । व्यक्तिगत आयकर सबैभन्दा धेरै तिरेका शाहलाई विभागले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो।

त्यस्तै निकायहरुमा आव।२०८०–०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला नेपाल दूरसञ्चार प्राधिकरणले तिरेको छ।

एकलौटी फर्महरुमा आव २०८०–०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल सम्मानित हुँदा वस्तु निर्माणको कारोबार गर्नेम सबैभन्दा बढी आयकर दाखिला डाबर नेपाल प्रालिले गरेको छ।

यसैगरी सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि, कृषि एवं पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि, स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि, पर्यटन व्यवसाय गर्नेमा सोल्टी होटल लिमिटेड सम्मानित भएका छन्।

त्यसैगरी वस्तु व्यापारको कारोवार गर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिले धेरै कर तिरेको छ भने वार्षिक कारोवार रकम ५० करोडभन्दा बढी १०० करोडसम्म कारोवार गर्ने करदातामा ब्रिडिएसएण्ड क्लियरिङ लि सम्मानित भएको छ।

डमीमूलक उद्योगमा सबैभन्दा बढी आयकर दाखिला भोटेकोशी पावर कम्पनी प्रालिले गरेको विभागले जनाएको छ। रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोवार गर्नेमा आईएमई लिमिटेड उत्कृष्ट करदाता बनेको छ।

२०७६ श्रावण देखि २०८२ आषाढ मसान्तसम्मको कर अवधिमा मुअकर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूअ।कर दाखिला दूरसंचार नेपाल लिमिटेडले गरेको छ।

वार्षिक कारोवार रकम ५० करोड रुपैयाँसम्म कारोवार गर्ने करदाताहरु मध्ये आव २०८०–०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा भिएफ सर्भिसेज (मौरिसस) सम्मानित भएको छ।

यस्तै विशेष उद्योगहरुमध्ये आव २०८०–०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गरेको छ।