निर्वाचन आयोगको स्पष्टीकरणपछि गण्डकी प्रदेश सरकारको कर घटाउने निर्णय खारेज

निर्वाचन आयोगको स्पष्टीकरणपछि गण्डकी प्रदेश सरकारको कर घटाउने निर्णय खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी सरकारले कर घटाउने आफ्नै निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी करको दर घटाएको भन्दै प्रदेश सरकारका मुख्यमन्त्री,अर्थमन्त्री र अर्थसचिवलाई स्पष्टीकरण सोधेको थियो ।

आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणमा समेत निर्णय नसच्चिएपछि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेको थियो । आयोगको दोस्रो पटकको स्पष्टीकरणपछि प्रदेश सरकारले कर घटाउने निर्णय खारेज गर्ने निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड खमा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने’ भन्ने उल्लेख छ ।