‘भोक लाग्यो सरकार काम गरी खान देऊ’

‘भोक लाग्यो सरकार काम गरी खान देऊ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चैत ११ गतेबाट जारी लकडाउनले मारमा परेको भन्दै ट्याक्सी व्यवसायीहरू सडकमा उत्रिएका छन् ।

मंगलबार ठूलो संख्यामा ट्याक्सी व्यवसायीहरूले काम गर्न दिनु पर्ने, ऋण थपिँदै गएको, कर मिनाह गर्नुपर्नेलगायत विभिन्न मागहरू राख्दै प्रदर्शनमा निस्किएका हुन् ।

यसैगरी उनीहरूले ‘रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने,कालो नम्बर प्लेटमा मात्रै सर्ने÷सार्ने यो कस्तो रोग हो सरकार ? ‘,‘भोक लाग्यो सरकार काम गरी खान देऊ’, ‘राज्यको दोस्रो एम्बुलेन्सको दर्जामा रहेको अत्यावश्यक सवारी ट्याक्सी सञ्चालन गर’लगायत प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक समक्ष उनीहरूले आफ्ना माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले अहिले निजी सवारी साधन जोर–विजोर प्रणालीबाट चल्न दिएको छ भने ट्याक्सी तथा अन्य सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।