ट्याक्सी सञ्चालन गर्न सरकारलाई विकास समितिको निर्देशन

ट्याक्सी सञ्चालन गर्न सरकारलाई विकास समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसदको विकास तथा प्रविधि समितिले ट्याक्सीलाई यात्रु बोक्न दिन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ट्याक्सी सञ्चालन गर्न निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले सार्वजनिक बस चढ्ने यात्रुहरु मर्कामा पपरेको भन्दै मापदण्ड पुर्याएर ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिइन् ।

समितिले भनेको छ, ‘विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड, कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले तय गरेको मापदण्ड पूरा गरी सार्वजनिक सवारीसाधनका रूपमा रहेको ट्याक्सी सञ्चालन गर्न दिनू ।’

सरकारले गत चैतदेखि लकडाउन जारी गरेपछि बन्द रहेका सार्वजनिक यातायातका साधनहरु अझै खुलेका छैनन् । सार्वजनिक यातायात नखुल्दा यात्रुहरु मर्कामा परेका छन् । यातायात व्यावसायीहरुले पनि मापदण्ड पुर्याएर सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै आएका छन् ।

त्यस्तै उनीहरुले लकडाउनको मौका छोपेर रातो नम्बर प्लेटका सवारीले यात्रु ओसारेको भन्दै राष्ट्रिय यातायात व्यावसायी महासंघले पनि आपत्ति प्रकट गरेको छ । महासंघले आज गृहसचिव महेश्वर न्यौपानेलाई भेटेर यस्तो कार्य रोक्न माग गरेको छ ।