काठमाडौंका ट्याक्सी चालकको पोशाक पहेंलो ज्याकेट

काठमाडौंका ट्याक्सी चालकको पोशाक पहेंलो ज्याकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंका ट्याक्सी चालकका लागि छुट्टै पोशाक निर्धारण गरिएको छ। ट्राफिक महाशाखा, यातायात महासंघ, मजदुर ट्रेड युनियन र ट्याक्सी व्यवसायी संघको अगुवाइमा बुधबार काठमाडौंको सुन्धारामा एक कार्यक्रम गरी ट्याक्सी चालकलाई पोशाक (पहेंलो ज्याकेट) वितरण गरिएको छ।

एक महिनाभित्र कार्यान्वयन हुने गरी सबै ट्याक्सी चालकले अनिवार्य तोकिएको पोशाक लगाउनुपर्ने नियम लागू गरिएको आयोजकहरूले जनाएका छन्।

यातायात महासंघका महासचिव सरोज सिटौलाले अबदेखि ट्याक्सी चालकले तोकिएको पोशाक अनिवार्य लगाउनुपर्ने अन्यथा कानुनबमोजिम कारबाही हुने चेतावनी दिए।