काठमाण्डु – आधुनिक टेक्नोलोजीको प्रयोगमा अग्रपङ्गतीमा रहेको टिसियल ब्राण्डले हालसालै नयाँ मोडलका वासिङ्ग मेशिनहरु बजारमा ल्याएको छ ।
फ्रन्ट लोडिङ्ग मोडलमा उपलब्ध टिसियलका वासिङ्ग मेशिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु रहेका छन् । फ्रन्ट लोडिङ्ग वासिङ्ग मेशिनमा अधिक–हाई तापक्रममा स्टेरलाईज गर्ने र कमपानीमै धेरै लुगाधुनमिल्ने क्षमता रहेको छ ।
न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको अवधिभित्रै लुगाधुन मिल्ने यस वासिङ्ग मेशिनमा लुगा घट्ने वा खुम्चिने समस्या पनि नआउने बताईएको छ । बिएलडीसि मोटर जडित, यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेण्टी र ५ वर्षको पिसिबी वारेण्टी रहेको छ ।
पीसिरिज मोडलमा उपलब्ध टिसियलका वासिङ्ग मेशिनहरु ८ केजी र १० केजीका मोडलहरुमा उपलब्ध छन् । ज्ञद्धण्ण् आरपीएम ड्रम मा एलइडी लाइटयुक्त, एलइडी टच प्यानल जस्ता विशेषता रहेको छ ।
बिएलडिसी इन्भटरमोटर जडान रहेको यस वासिङ मेसिन अझ बढी पावरफुल, स्ट्रंग र LOW NOISE मा काम गर्ने क्षमता राख्दछ ।LOW NOISE दिनुका साथै विद्युत पनी कम खपत गर्ने हुन्छ ।
यस टिसियल ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएलप्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।




प्रतिक्रिया