काठमाण्डु- विद्यालय स्तरमा कक्षा १ देखि ५ सम्म प्राथमिक तहको शिक्षक हुनका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।
बुधबार संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा शिक्षक पदमा नियुक्तिका कक्षा एकदेखि पाँचसम्म जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।
यस्तै कक्षा ६ देखि ८ कक्षाका पढाउनका लागि सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने, अध्यापन अनुमतिपत्र प्राप्त गरेको र एक्काइस वर्ष उमेर पूरा भई पैँतिस वर्ष पूरा नभएको व्यक्ति हुनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
‘शिक्षकको योग्यता शैक्षिक गुणस्तरसँग जोडिएको र सक्षम शिक्षक आवश्यक भएकोले न्यूनतम स्नातक योग्यता भएको व्यक्ति शिक्षक हुने व्यवस्था गरिएको छ ।
त्यस्तै उमेरको हकमा अधिकतम उमेर महिलाको लागि चालिस, अपाङ्गमात्र प्रतिस्पर्धा गर्नेको हकमा चालिस तथा माध्यमिक द्वितीय श्रेणीको खुला तर्फको लागि पैँतालीस वर्षसम्म उम्मेदवार हुन सक्ने व्यवस्था यस दफामा गरिएको छ ।’,
विधेयकमा भनिएको छ




प्रतिक्रिया