रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना : ‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’

रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना : ‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय वनस्थलीमा धर्ना दिएको छ ।

आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो ।

शिक्षा विधेयक सच्याउन माग राख्दै महासंघले विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिँदै आइरहेको छ ।

धर्नामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धेरैले महासंघले रमिता देखाएको भनेर प्रतिक्रिया दिएकोमा आपत्ति जनाउँदै रमिता देखाउने सोचबाट भन्दा पनि विद्यालय शिक्षाको उन्नतिका लागि महाअभियानमा आफूहरू जुटेको बताए ।

विधेयकलाई उल्टो बाटो हिँडाएको कारण त्यसलाई सुल्टो बाटो हिँडाउन आफूहरूले माग गरेको उनले बताए । उनले भने, ‘विधेयकलाई उल्टो बाटो हिँडाइएको छ । त्यसलाई सुल्टो बाटो हिँडाउनुपर्‍यो भन्ने माग हो । चैत्र–बैशाखको आन्दोलनलाई पनि मानिसले रमिता भनेको थिए । तर यो लोकतन्त्र हो र यहाँ आफूलाई लागेको बोल्न पाइन्छ । तर रमिता देखाउने सुविधा हामीलाई छैन । विद्यालय शिक्षाको उन्नतिका लागि र भोलिको गुणस्तर विद्यालय शिक्षाको लागि एउटा महाअभियानमा छौं ।’

यसअघि कांग्रेस, एमाले र माओवादी, नेकपा एकीकृत समाजवादीको कार्यालयमा महासंघले धर्ना दिएको थियो ।