स्थानीय तहले जथाभावी शिक्षक नियुक्ति नगर्नूः सामान्य प्रशासन मन्त्रालय


काठमाडौं – सरकारले जथाभावी शिक्षक नियुक्ति नगर्नरनगराउन स्थानीय तहहरूलाई सचेत गराएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूका नाममा परिपत्र गर्दै शिक्षा नियमावली, २०५९ विपरीत शिक्षक नियुक्ति नगर्नरनगराउन भनेको हो ।

‘प्रस्तुत विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प.सं. ०७६/०७७ मुद्दा पुनरावेदन तथा बहस बैरवी महाशाखाको मिति २०७६/०६/१५ च.नं. ५८१७ को पत्र यसै साथ संलग्न रहेको छ । व्यहोरा पत्रबाटै अवगत गर्नुभई शिक्षा नियमावली, २०५९ विपरीत शिक्षक नियुक्ति नगर्नरनगराउनु हुन सम्मानित आयोगको निर्णयानुसार अनुरोध छ,’ संघीय मामिला मन्त्रालयको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement