काठमाण्डु – शिक्षक सेवा आयोगले मावि शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले शनिबार निकालेर माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो ।
मावि तहका ४४९ जना शिक्षक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिनेछ । सबैभन्दा धेरै विज्ञानका लागि एक सय १३ जनासहित गणित, नेपाली, सामाजिकलगायत विषयका लागि दरखास्त आह्वान गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले शनिबारदेखि फागुन ३ गतेसम्म तथा दोब्बर दस्तुरमा फागुन १० गतेसम्म आयोगको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।





प्रतिक्रिया