शिक्षकको तलब फागुनदेखि मासिक भुक्तानी

शिक्षकको तलब फागुनदेखि मासिक भुक्तानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी स्कुलका शिक्षकहरुका तलब फागुनदेखि शिक्षकहरुकै निजी बैंकमा जाने प्रबन्ध मिलाएको छ।

नेपाल बैंक लिमिटेडबाट चौमासिक तलब बुझ्दै आएका शिक्षकहरुले फागुनदेखि मासिक रुमा तलब बुझ्ने भएका छन्। शिक्षकहरुको तलब दुई निजी बैंकमध्ये एकमा जाने व्यवस्था मिलाइएको छ।

महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले प्रभु र एनआइसी एसिया बैंकमा तलब पठाइने बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।