काठमाण्डु – शिक्षक सेवा आयोगले विभिन्न विषयमा २५९८ निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षककाे माग गर्दै विज्ञापन खुला गरेको छ। बुधबार आयोगले २५९८ शिक्षकका लागि विज्ञापन खुलाएको हो ।इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ। आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्। सात सय शूल्क तिरेर आवेदन फारम भर्न सकिनेछ।




प्रतिक्रिया