शिक्षकको तलब बढ्यो, कुन तहको कति पुग्यो ?

शिक्षकको तलब बढ्यो, कुन तहको कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब बढाएको छ ।

सरकारले आव २०७६–०७७ को बजेटमार्फत राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेसँगै शिक्षकको पनि तलब वृद्धि हुने भएको हो ।

प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार १८ देखि २० प्रतिशत वृद्धि गरिएको छ ।

कसको कति पुग्यो ?

–प्राथमिक तह (तृतीय)
२२ हजार १ सय ७० बाट २६ हजार ६ सय ४ रुपैयाँ

–प्रावि द्वितीय
२३ हजार ५ सयबाट २८ हजार २ सय रुपैयाँ

–प्रावि प्रथम
३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ

–निम्न माध्यमिक तह तृतीय
२३ हजार ५ सयबाट २८ हजार २ सय रुपैयाँ,

–निमावि द्वितीय
३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ

–निमावि प्रथम
३२ हजार १ सयबाट ३७ हजार ८ सय ७८ रुपैयाँ

–माध्यमिक तृतीय
३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ,

–माध्यमिक द्वितीय
३४ हजार २ सय २० बाट ४० हजार ३ सय ७९

माध्यमिक प्रथम
४० हजार १ सय ५० बाट ४७ हजार ३ सय ७७ रुपैयाँ