काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा उपिचाररत डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।
म्याग्दी घर भएका शिशुलाई घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । चिकित्सकहरुले उनको शल्यक्रिया गर्नुपर्ने बताएपछि कोरोना परीक्षण गरिएको थियो । उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित शिशुको आमा, बुबा र फुपुको कोरोना संक्रमण परीक्षण गर्न नमूना पठाइएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए ।
मृतक शिशु तीन साता अगाडि अस्पताल भर्ना भएका थिए । उनको शव व्यवस्थापन गरिसकिएको डा दासले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।




प्रतिक्रिया