काठमाण्डु – काठमाण्डु उपत्यकामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ललितपुरको पाटन अस्पतालमा दुई जना, त्रिवी शिक्षण अस्पतालमा एक जना र ह्याम्स अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
पाटनमा मृत्युहुनेमा काठमाण्डुका ७४ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
त्यस्तै टिचिङमा मृत्यु हुने महिला रहेकी छिन् । काठमाण्डुको कागेश्वर नगरपालिका ९ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो । मिर्गौला र मुटुसम्बन्धी समस्याबाट ग्रसित भएकी ती महिलामा साउन २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै झापाको दमक–१ का एक जना पुरुषको पनि ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।




प्रतिक्रिया