शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरू

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिभुवन शिक्षण अस्पतालमा असार १५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रम माघ १ गतेबाट बन्द भएको थियो ।

बीमा बोर्डबाट करिब ५० करोड बीमा प्याकेजको दाबी रकम अस्वीकृत भएपछि अस्पतालले बीमा कार्यक्रम रोकेको त्रिभुवन शिक्षण अस्पतालका सूचना अधिकारी काली प्रसाद रोसायराले जानकारी दिए ।

‘करिब ५० करोड बीमा रकम अस्पताललाई तिर्न बाँकी थियो । त्यो भुक्तानी नभएपछि बन्द गरिएको थियो,’ उनले भने, ‘अब फेरि सुरू हुनेछ ।’

विगत दुई-तीन वर्षदेखि बीमा दर प्याकेजको भुक्तानी नभएपछि अस्पतालले सेवा रोकेको थियो ।

अब आउने स्वास्थ्य बीमा पहिलेभन्दा अलिक फरक स्किममा ल्याउन खोजिएको रोसायराले बताए ।

स्वास्थ्य बीमा पुनःसुरू हुने निर्णयले निम्न आयस्तरका बिरामीलाई राहत हुने उनको भनाइ छ।