भित्र अपरेशन हुँदै, टिचिङ बाहिर अनेरास्ववियुको ‘गेट वेल सुन पिएम’

भित्र अपरेशन हुँदै, टिचिङ बाहिर अनेरास्ववियुको ‘गेट वेल सुन पिएम’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि सोमबारदेखि भर्ना भएका छन् ।

यसैबिच आज अनेरास्ववियुका विद्यार्थीहरु अस्पताल परिसरमा ‘गेट वेल सुन पिएम’ लेखिएका प्लेकार्डसहित उपस्थित भएका छन् । उनीहरु अस्पताल परिसरमा लामवद्ध भएर बसेका छन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका दिन शिक्षण अस्पताल परिसरमा शुभेच्छुकहरु आउने क्रम जारी छ । नेपाल सरकारका मन्त्रीहरु वसन्तकुमार नेम्वाङ, पार्वत गुरुङलगायत शिक्षण अस्पताल पुगेका छन् ।

साथै प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले सफल शल्यक्रियाको कामना गरेका छन् ।

यस्तै नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । अन्य शुभेच्छुकहरुको उपस्थिति बढ्दो क्रममा छ ।