टि-२० विश्वकप: ओपनरमा भुर्तेल र शेख पक्का, अरु को-को अटाउदैँ छन् टिममा ?

टि-२० विश्वकप: ओपनरमा भुर्तेल र शेख पक्का, अरु को-को अटाउदैँ छन् टिममा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि-२० विश्वकप खेल्ने टोली घोषणा गर्दैछ ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गर्न लागेको हो ।

विश्वकप खेल्ने नेपाली टोलीमा ओपनरमा आसिफ शेख र कुशल भुर्तेल नै अटाउने भएका छन् । हाल यी दुवैबाट रन ननिस्केको अवस्था भएपनि विकल्पमा रहेका ओपनरले पनि खास प्रदर्शन गरेका छैनन् । ठूलो खेलमा प्रदर्शन गर्न सक्ने भएकाले यी दुई नै विश्वकपमा अटाउने भएका हुन् ।

हालसम्म देखिएको सम्भावित विश्वकप १५ः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित राजवंशी, प्रतिश जिसी, अनिल शाह, कमल सिंह ऐरी, लोकेश बम