यौनिक अल्पसंख्यकहरूको तीज : सांस्कृतिक अधिकारमा सबैको समान अधिकार

यौनिक अल्पसंख्यकहरूको तीज : सांस्कृतिक अधिकारमा सबैको समान अधिकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले मंगलबार तीज मनाएका छन् ।

मंगलबार ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीहरूको लागि भनेर तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकी सल्लाहाकार पिंकी गुरुङले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले तीज मनाउँदा समाजले बहिष्कार गर्ने गरेको बताइन् ।

‘हामी हरेक वर्ष तीज मनाउँछौं । आफू बालक भएर जन्मिए पनि आत्मा महिलाको भयो । बाल्यकालमा हामीलाई पनि तीज मनाउन मन पर्थ्यो, मनाउन खोज्दा समाजबाट बहिष्कार गरिन्थ्यो,’ उनले भनिन् ।

उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले पनि सांस्कृतिक अधिकार पाउनुपर्ने बताइन् । उनले भनिन्, ‘तेस्रोलिङ्गीहरू जसले आफूलाई महिलाको अनुभूत गर्छ, यो पर्व हाम्रो पनि हो भनेर स्वीकार गर्छ । समाजले यो पर्व हामीलाई मनाउन दिइरहेको थिएन तर सांस्कृतिक अधिकार सबैले पाउनुपर्छ । हाम्रो पनि अधिकार हो भन्ने हिसाबले घरपरिवारको समर्थन नपाएका साथीहरूको लागि ब्लु डायमण्ड सोसाइटीले विभिन्न चाड मनाउने गरेको छ ।’